परिवारलाई बिमा रकम हस्तान्तरण

नाम्दु /असार १७ –दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा रहेको  निर्धन उत्थान लघुबित्त बित्तीय संस्थाले परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । सो गाउँपालिका वडा नम्बर ५ की मिश्री सार्कीको गत जेष्ठ २९ मृत्यु भएको र उनको मृत्युपछि परिवारले पाउने बिमा बापत रकम संस्थाले पालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्य मार्फत उक्त परिवारलाई रकम हस्तान्तरण गरेको हो । उपाध्यक्ष आचार्यले मृतकका श्रीमान न्याउरे सार्कीलाई १लाख ६२ हजार ५सय रुपैँया संस्थाको तर्फबाट हस्तान्तरण गरे । सो कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले लघु बित्तले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको र लघुबित्तको मर्म अनुसार यसलाई अझ प्रभाबकारी बनाउँदै यसका सेबाहरु बिस्तार गर्नु पर्ने कुरा बताए ।

Shares

Be the first to comment on "परिवारलाई बिमा रकम हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*