परिवर्तनको पक्षमा लाग्न सभापति लामिछानेको आग्रह

चरिकोट (दीस) ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा भ्रष्टचारी फाल्ने पार्टी भएको बताउनु भयो । शनिबार दोलखा सदरमुकाम चरिकोटमा आम बृहत भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो कुरा बताउनु भएको हो । पार्टी भित्र कुनै पनि नेता तथा कार्यक्रतालाई भ्रष्टचार गरेको आरोप लागेमा आफ्नो पार्टीले ७२ घण्टा भित्र कारवाही गर्ने बताउनु भयो । अरु राजनैतिक दललाई भोट हालेमा देश समृद्व नहुने भएकाले अहिले देखी नै आगामी २०८४ सालको निर्वाचनमा बहुमत सहित मत दिने मनस्थीति बनाउन मतदातालाई उहाँले आग्रह गर्नु भयो । “भ्रष्टचारसँग लिप्त भएका व्यक्तिलाई पाटीमा पालेर जनतासँग यसरी आँखा जुधाउने आट हुदैन , ढुक्क हुनुस हामी सो हुन दिदैनौँ ,सभापति लामिछानेले भन्नु भयो, पुराना दलका मान्छेहरु जेल भित्र भ्रष्टहरुलाई राखेर कसरी सुशासनका कुरा गर्दछन् ”। उँहाले बेलाबेलामा केही दलका नेता तथा कार्यक्रताले आफ्नो पार्टी र आफुलाई बदनाम गराउन अनावश्यक भ्रम छर्ने कोशिस गरेको बताउनुभएको छ ।विना अधार विदेशको पैसाबाट पार्टी चलाएको आरोप लगाउने गरेको तर रास्वपा पार्टीका सदस्यबाट प्राप्त भएको पैसाबाट पार्टी चलाएको दाबी गर्नु भयो । परिवर्तनको चाहाना सबैले राख्नु पर्ने उहाँले धारणा राख्नु भयो । केही अभियान्ता लगाएर रास्वपा बदनाम गर्न खोजिएकोले त्यस्तो भ्रममा नपर्न सभापति लामिछानेले आग्रह गर्नु भयो । आफुले झुट्टा आश्वसन नदिने जनताको मुद्धामा सधै खबरदारी गर्ने उहाँले बताउनु भयो । देश निर्माण गर्ने सक्षम नेतृत्व चयन गर्ने बेला आएको उहाँँको भनाई छ । उहाँ अर्को प्रसंगमा दोलखा जिल्ला सही मान्छेको हातमा परेमा दोलखा हिरा रहेको प्रतिक्रिया दिनुभयो । दोलखा जिल्लाको आवश्यकता र प्राथमिताकताको अध्ययन गरेर काम गर्न आफु सधै तयार रहेको बताउनु भयो । चरिकोटमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन दोलखा आउनुभएका सभापति लामिछानेले नेता तथा कार्यक्रतालाई सम्वोधन गर्नु भएको थियो । रास्वपाका जिल्ला सभापति पूर्णबहादुर तमाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, संस्थापक केन्द्रीय सदस्य गणेश पराजुली, वागमति प्रदेश महामन्त्री जीता बराल, बागमती प्रदेश सदस्य उर्मिला भुर्तेल लगायतका आफ्नो धारणा व्यक्त गर्नु भयो ।

Shares

Be the first to comment on "परिवर्तनको पक्षमा लाग्न सभापति लामिछानेको आग्रह"

Leave a comment

Your email address will not be published.


*