परिक्षाको अनुगमनमा जनप्रतिनिधी

मेलुङ–दोलखाको मेलुङ गाँँउपालिकाका जनप्रतिनिधी अहिले सधै जसो विद्यालयमा चलेको परिक्षाको अनुगमन व्यस्त रहेका छन । अगुमनमा वडाअध्यक्ष तथा गाउँपालिकाका शिक्षा समितिका सदस्यले गरिराखेका छन ।
दोलखामा एइई अगाडी लिने ल्याकत परिक्षा अहिले जारी छ । परिक्षा २३ गते बाट दोलखाका सवै गाउँपालिकामा शुरु भएको हो । दोलखाको मेलुङ गाँउपालिकाले अनुगमनसँगै परिक्षा प्रणाली सुधार अभियानलाई थालनी गरेको छ । एइइ परिक्षालाई व्यवस्थीत बनाउने अभियान स्वरुप ७ विद्यालयमा ११ वटा केन्द्र तोकिएको छ । परिक्षालाई व्यवस्थीत बनाउन होम सेन्टर दिएको छैन ।
“शिक्षालाई गुणस्तर बनाउन हामीले होम सेन्टर तथा परिक्षालाई कडाई गरेका छौ ”गाउँपालिकाका प्रवक्ता हिरा थोकरले भने । त्यसैगरी परिक्षाको सवै उत्तर पुस्तिका गाउँपालिका केन्द्रमा संङलन गरिने पनि थोकरले बताए । परिक्षाको उत्तर पुस्तिका फरक विद्यालयका शिक्षकद्धारा गरिने उनले बताए ।
सरकारी विद्यालयको गुणस्तरलाई सुधार गर्न यो अभियान शुरु गरिएको पनि थोकरको भनाई रहेको छ । परिक्षा कडाई गर्दा तथा फरक विद्यालयका शिक्षकले उत्तर पुस्तिका परिक्षण गर्दा विद्यार्थीको क्षमता मापनमा सहयोग पुग्ने पनि गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठको भनाई रहेको छ । अगामी दिन गाउँपालिकामा सरकारी विद्यालय सुधार अभियानलाई तिव्रता दिने पनि प्रमुख श्रेष्ठको भनाई रहेकोछ ।

Shares

Be the first to comment on "परिक्षाको अनुगमनमा जनप्रतिनिधी"

Leave a comment

Your email address will not be published.


*