लिए सपथ

चरिकोट– दोलखाको ठुलो दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) दोलखाको नगर र गाउँपालिका स्तरीय कमिटिका पदाधिकारी तथा सदस्यहरुले शनिबार सपथ लिएका छन । सदरमुकाम चरिकोटमा रहेको सिमपानी हलमा आयोजित समारोहमा सपथ लिन आएका पदाधिकारीहरुको भरिभराउ थियो । नेकपा ३ नम्वर प्रदेशमा अध्यक्ष नारायण दहालले सवै पदाधिकारीलाई सपथ गराएका थिए । सो सपथमा जिल्लाका दुई वटा नगर कमिटि र ७ वटा गाउँपालिका स्तरीय कमिटिमा रहने अध्यक्ष, सचिव र सदस्यहरुको सामुहिक सपथ ग्रहण गरेका हुन ।
। नेकपाका प्रदेश सदस्य एवँ जिल्ला नेता इस्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रममा केन्द्रिय सदस्यहरु पशुपति चौंलागाई, गँगा कार्की, आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, देवी खड्का र इस्वरी रिजाल तथा नेकपाका नेता एवँ साँसद विशाल खड्का, अर्का नेता शिवप्रसाद भण्डारी, प्रस्तावित जिल्ला अध्यक्ष भिमप्रसाद दाहाल र सचिव कुवहादुर बुढाथोकीले आ–आफ्नो धारणा राखेका थिए । ।
नेकपा दोलखाले एउटा गाउँपालिकामा ७५ सदस्य र नगरपालिकामा ८१ सदस्य पार्टी कमिटि गठन गरेको छ । अध्यक्ष, सचिव र बाँकी सदस्य रहनेगरि जिल्लास्तरीय कार्यदलले प्रदेश कमिटिमा सिफारिस गरेको नाम अनुमोदन भएपछि सपथ ग्रहण गरिएको हो । केन्द्रीय सदस्यद्धय पार्वत गुरुङ र देवी खड्का तथा नेताहरु ईश्वरचन्द्र पोखरेल र गोपाल पाण्डे सदस्य रहेको कार्यदलले स्थानीय तहबाट सिफारिस भई आएको नामलाई थपघट गरि प्रदेश कमिटिमा पेश गरेको थियो । भीमेश्वर नगरपालिकामा कुमार विश्वकर्मा, जिरी नगरपालिकामा नविन जिरेल, शैलुङ गाँउपालिकामा थिर बहादुर मोक्तान, मेलुङ गाँउपालिकामा अम्वीका गोले, तामाकोशी गाँउपालिमा नारानध्वज खड्का, गौरिशंकर गाँउपालिकामा जंग गुरुङ, वैत्येश्वर गाँउपालिकामा माधव प्रसाद दहाल, कालिन्चोक गाँउपालिकामा भक्त शिवाकोटी, र विगू गाँउपालिकामा टेकमान तामाङको अध्यक्षतामा कमिटि गठन गरेको छ ।

Shares

Be the first to comment on "लिए सपथ"

Leave a comment

Your email address will not be published.


*