पत्रकार सुवास योञ्जनको पहलमा ब्लड क्यान्सर पिडित केसीलाई दश हजार सहयोग

ब्लड क्यान्सर पिडित कसीलाई सहयोग गर्दै एक्का नेपालका कार्यक्रम अधिकृत विपिनकुमार श्रेष्ठ

चरिकोट । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका दोलखा संवाददाता एवंम सेतोगुँरास मिडिया प्रालिका सञ्चालक सदस्य सुवास योञ्जनको पहलमा ब्लड क्यान्सर पिडित मदन केसीलाई दश हजार रुपैया सहयोग जुट्ेको छ ।
योञ्जनको पहलमा दोलखाको तामाकोसी गाउपालिका २ झुले र १ भिरकोटका विद्यालयहरुमा पानी स्वास्थ र सरसफाइ सम्बन्धि काम गर्दै आएको वातावरण संरक्षण शिविर (एक्का ) नेपालका एक्का काउन्सिलर हरुले १० हजार रुपैया सहयोग गरेका हुन् ।
साथी बचाउनको लागि गौरीशकंर बोडिङ स्कुलका विद्यार्थीहरुले केहि दिन अघि देखी सदरमुकाम चरिकोटको सातदोवाटोमा चिया बेच्दै आएका थिए । एक्का नेपालका कार्यक्रम अधिकृत विपिनकुमार श्रेष्ठले बालबालिकाले सुरु गरेको अभियानमा आफुहरुले पनि समर्थन गरेर सहयोग गरेको बताए । उनले बालबालिकाहरुले गरेको रचनात्मक कार्यको प्रसंसा समेत गरेका छन् । एक्का नेपालले २००९ बाटै दोलखाको विभिन्न वडाहरुमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Shares

Be the first to comment on "पत्रकार सुवास योञ्जनको पहलमा ब्लड क्यान्सर पिडित केसीलाई दश हजार सहयोग"

Leave a comment

Your email address will not be published.


*