पत्रकार र पर्यटन व्यवसायीलाई दिगो विकास नेपाल को ९ दिने दिने भ्रमण

इश्वर दाहाल – दिगो विकास नेपाल मेलुङको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा दोलखाको पर्यटन व्यवसाय प्रबर्द्धनका लागि संचारकर्मि तथा पर्यटन व्यवसायीहरुका लागि अबलोकन भ्रमण सञ्चालनले दोलखाको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन हुनका साथै प्रचारप्रसारमा समेत थप टेवा पुग्नेछ । यो सञ्चारकर्मी तथा पर्यटन व्यवसायीले यश क्षेत्रमा रहेका सम्भावना तथा चुनौतिको गहन विश्लेषण तथा सम्भावनाको खोजि हुने संस्थाको मुख्य उदेश्य समेत पूरा गर्नका लागि यो यात्रा निकै नै फलदायि हुने विश्वास रहेको छ। दोलखाको धार्मिक तथा पर्यटन क्षेत्रको विस्तारका लागि कार्यक्रम सञ्चालन भएको हो । पहिलो चरणका लागि दोलखाको कालिञ्चोक, अन्तराष्ट्रिय महत्त्वका रुपमा हेरिएको भिमेश्वर नगरपालिका९ नम्बर वडा खरिढुङ्गामा पर्ने अन्तराष्ट्रिय फिल्म सिटि बन्ने परियोजना स्थल डाङडुङग्गे डाँडा गुरु पद्मसम्भवले ध्यान गरेको बौद्ध तथा हिन्दु धर्मको आस्थको धरोहर शैलुङ र मेलुङ क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक, साँस्कृतिक साथै पुरातात्त्विक सम्पदाको अभिलेखिकरण गर्नुका साथै सम्भावनालाई डकुमेन्ट्री बनाइ राष्ट्रिय मिडियाका साथै पर्यटन बोर्डको सहकार्यमा थप प्रचारप्रसार र विकास गर्ने योजना रहेको दिगो विकास नेपालका अध्यक्ष सुमन भन्डारीले जानकारी दिनुभयो । कालिञ्चोक भगवति मन्दिर कुरि बजार व्यवस्थापन साथै यस क्षेत्रमा रहेका अन्य क्षेत्रको विकासका लागि सरकार तथा स्थानीय पालिकाले समेत खासै ध्यान नदिएको मेक कुरि होटल सञ्चालक मकरध्वज पाख्रिनले जानकारी दिए । साथै उनले कालिञ्चोकको धार्मिक कथन सहित यो बौद्ध धर्म तथा हिन्दु धर्मल्मबिहरुको आस्थाको केन्द्र विन्दु रहनुका साथै सुनकोसी तथा तामाकोसी को उद्गमस्थल समेत यहीँ कालिञ्चोकमा रहेको कुन्ड समेत उल्लेख गरे । त्यस्तै अर्का होटल तथा पर्यटन व्यवसायी त्रिपुरा रिसोर्ट सञ्चालक चन्द्र लामाका अनुसार कुरिमा शुम्भ र निशुम्भ दैत्यको लडाइँ हुदा सत्यको जित भएकाले यो क्षेत्र पनि धार्मिक दृष्टिकोणले बहुआयामिक रहेको र अहिले बनेका आकर्षक संरचनाले आन्तरिक तथा बाह्य पर्यटनको विस्तार हुँदै गएको उल्लेख गरे । भौगोलिक तथा पर्यावरणी अवस्थाको ख्याल नगरी बजार विस्तार हुनुका साथै व्यवसायिहरुले अनाधिकृत रुपमा स्थाइ तथा अस्थाइ संरचना बनाउदा प्राकृतिक अवस्थामा समेत समस्या आउन सक्ने हुनाले बेलैमा सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने स्थानीय व्यवसायीले चिन्ता व्यक्त गरे । दिगो विकास नेपाल संस्थाले कालिञ्चोक भगवतिकि माइलि बहिनी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाको नामाकरण समेत गरिएको त्रिपुरासुन्दरी भगवति दोलखाको धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल शैलुङका धार्मिक सांस्कृतिक र प्राचीन पक्षका विषयमा शेैलुङका बौद्ध गुरु सँग जानकारी लिइ भिडियो डकुमेन्ट्री बनाउने अन्तराष्ट्रिय फिल्म सिटिका रुपमा विकास भइरहेको खरिढुङ्गा डाङ्डुङ्गे डाँडा साथै मेलुङ गाँउपालिका डाँडाखर्कमा रहेको सुङ्गुरे महादेव मेलुङ टुडिखेल लगायतका धार्मिक ऐतिहासिक पक्षहरुको अध्यन अवलोकन गरि पर्यटन बोर्डको सहकार्यमा प्रचारप्रसार गर्ने साथै अभिलेखिकरण गर्ने मुख्य उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको दिगो विकास नेपाल संस्थाले जानकारी गराएको छ यसले दोलखाको आन्तरिक तथा बाह्य पर्यटनमा थप टेवा पुग्नुका साथै छापा तथा अडियो भिडियो माध्यम बाट अभिलेखिकरण गर्ने हुदा दोलखाको पहिचान साथै पर्यटनको चिनारी रहनुका साथै अन्य देश बिदेशमा समेत प्रचारप्रसार हुनाले पर्यटन व्यवसायमा समेत सहयोग पुग्नेछ ।

Shares

Be the first to comment on "पत्रकार र पर्यटन व्यवसायीलाई दिगो विकास नेपाल को ९ दिने दिने भ्रमण"

Leave a comment

Your email address will not be published.


*