पत्रकार महासंघलाई सात दिने अल्टिमेटम

चरिकोट(दीस)ः जनजाती पत्रकार संघ फोनिज दोलखाले नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति दोलखा मार्फत नेपाल पत्रकार महासंघलाई सात दिने अल्टीमेटम दिँदै ज्ञापन पत्र बुझाएको छ । मंगलवार नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरेलाई फोनिजले सो अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको हो ।
नेपाल पत्रकार संघको पहिलो अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दावी गर्दै सातदिन भित्र उहाँलाई संस्थापक अध्यक्ष घोषित गर्न माग ज्ञापन पत्रमा गरिएको छ । माग पूरा नगरिएमा देशै भरीका महासंघका कार्यालयहरुमा फोनिजले तालावन्दी गर्ने फोनीज दोलखाका अध्यक्ष अर्जुन पाख्रिनद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।

Shares

Be the first to comment on "पत्रकार महासंघलाई सात दिने अल्टिमेटम"

Leave a comment

Your email address will not be published.


*