पत्रकार महासंघको भवनलाई अल्पाईनको सहयोग

कात्तिक ३०, चरिकाेट । चरिकाेटस्थित अल्पाईन पव्लिक स्कुलले नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि अार्थिक सहयाेग गरेकाे छ । स्कुलले आयोजना गरेको अल्पाईन फिस्टा २०७६ को अवसरमा महासंघलाई बीस हजारको चेक अल्पाईन पब्लिक स्कुलका प्रीन्सीपल उद्धव थापाले महासंघका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरेका थिए ।
जिल्लाकै नमूना र सूचनामैत्री भवन निर्माणको लागि स्कुलहरुबाट यो पहिलो आर्थिक सहयोग हो । सबैको साझा संस्था र राज्यको चौथो अंग पत्रकार जगत भएको हुनाले भवन निर्माणलाई सहयोग गरेको प्रिन्सीपल थापाले बताए ।
पत्रकार महासंघको एकतले भवन निर्माण कार्य सम्पन्न भएको र छिट्टै फिनिसिङ गरेर कार्यालय उद्घाटन गर्ने तयारी गरिएकाे बताईएकाे छ ।

Shares

Be the first to comment on "पत्रकार महासंघको भवनलाई अल्पाईनको सहयोग"

Leave a comment

Your email address will not be published.


*