पत्रकार गाैतमकाे निधन

दीस, जेठ १६

अन्नपूर्ण पोस्ट्का दोलखा संवाददाता रविन्द्र गौतमको निधन भएको छ। नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्यसमेत रहेका गौतमको कोरोना संक्रमणपछि उपचारको क्रममा निधन भएको हो। दोलखाबाट एयरलिफ्ट गरेर काठमाडौं ल्याइएका ३८ वर्षीय गौतमको आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो। कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याई नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखिएको थियो। गौतमका वृद्ध आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी छन्। दोलखाको भिमेश्वर नगरपालिका-३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । इमेज च्यानल, अभियान आर्थिक दैनिक, डिसी नेपाल डटकम, नवतरंग साप्ताहिकमा काम गरेका गौतम पछिल्लो चार वर्षदेखि अन्नपूर्ण पोस्ट्मा आवद्ध थिए। अन्नपूर्ण पोस्ट्को दोलखा सम्वाददाता रहेका गौतम रेडियो भिमेश्वरको स्टेशन म्यानेजर थिए

Shares

Be the first to comment on "पत्रकार गाैतमकाे निधन"

Leave a comment

Your email address will not be published.


*