दोलखामा पट्का भित्रिन नदिन नाकामा २४ सै घण्टा निगरानी गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ५
तिहारमा विष्पोट जन्य पदार्थबाट दुर्घटना हुन नदिन दोलखा प्रहरीले नाकामा २४ सै घण्टा निगरानी गर्ने भएको छ ।
विभिन्न सवारी साधनमा बिष्पोट जन्य पदार्थहरु लुकाइछिपाई भित्रिन सक्ने भएकाले खरिढुङ्गा र किर्नेटारमा २४ सै घण्टा निगरानी गरिने भएको हो ।
पट्काले गर्दा समाजमा भय त्रास तथा बिकृति फैलिन र आगोलागी हुने, अंगभंग हुने, धनजनको क्षति हुन नदिन पट्का प्रतिबन्ध गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
जिल्लामा विगत वर्षमा बिष्पोटक पदार्थबाट कुनै क्षति नगरेको भए पनि समाजमा भय त्रास र बिकृति निम्तिएको थियो । यो तिहारमा भने पट्का नै भित्रिन नदिने भएकाले त्यस्तो कुनै अप्रिय समाचारको शिकार बन्नु नपर्ने दोलखाका प्रहरी नायब उपरिक्षक मान बहादुर राइले बताए ।
उनले बताए अनुसार यदि कोही कसैले लुकाइ छिपाइ पट्का बिक्रि वितरण गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने छ । पट्का तथा बिष्पोटक पदार्थ पट्काउन पुर्णरुपमा प्रतिबन्ध लगाएकाले त्यस्तो कार्य गरेको खण्डमा कानुन अनुसार कारबाही गरिने राईले बताए ।
उनले आफ्ना बालबालिकालाई समेत जिद्दी गरेको खण्डमा पट्का पड्काउन नदिन र पट्काजन्य वस्तुबाट टाढा राख्न अभिभावकलाई आग्रह गरेका छन् । चाडपर्वमा जुवातास, लङगुरबुर्जा, जाँडरक्सी सेवन लगायतका बिकृति भित्र्याने क्रियाकलापमा संलग्न हुने जुनसुकैलाई कानुन बमोजिम कारबाही गरिने राइले बताए । संस्कृति जोगाउन खेलिने देउसी भैलौमा दानका लागि जबर्जस्ती गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने उनले बताए ।
यो वर्षको दशैँमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, जुवातास खेल्ने लगायत विभिन्न बिकृति जन्य क्रियाकलापमा संलग्न २१ जनालाई पक्राउ गरिएको थियो । उनिहरुलाई अबदेखि त्यस्तो गतिबिधीमा संलग्न नहुन निर्देशन सहित छाडिएको छ । यि बाहेक दशैँमा कुनै किसिमको अप्रिय घटना नभएको प्रहरी निरिक्षक रेशम बोहोराले बताए ।
चाडपर्वलाई मध्यनजर गरि प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाएको र जनताले पनि सचेत भएकाले दशैँमा छिटफुट घटना बाहेक अप्रिय र जघन्य घटना नभएको उनले बताए । चाडपर्व लक्षित विषेश सुरक्षा योजना सहित दोलखामा विभिन्न प्रहरी युनिटमा गरि ६ सय भन्दा बढीको संख्यामा प्रहरी अहोरात्र खटिएकोले कुनै अप्रिय घटना नभएको बोहोराले बताए । सुरक्षा योजना तिहार र छठमा पनि यथावत् रहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा पट्का भित्रिन नदिन नाकामा २४ सै घण्टा निगरानी गरिने"

Leave a comment

Your email address will not be published.


*