पछिल्लो २४ घन्टामा जम्मा ५७० जनामा कोरोना संक्रमण

काठमाडौं । दसैँका कारण पिसिआर परीक्षणमा कमी आएसँगै दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घन्टामा जम्मा ५ सय ७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५ सय ७० जनासहित देशभर संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । संक्रमितमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Shares

Be the first to comment on "पछिल्लो २४ घन्टामा जम्मा ५७० जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*