पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिए, ११७ जना डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएका हुन् ।

सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए ।७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।  हालसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५९१  पुगेको छ । पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् । जसमा १०९ पुरुष र ८ महिला रहेका छन् ।  हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख ४३  हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३  हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख ३३ हजार ९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ५३१ कोरोना संक्रमितहरु रहेका छन् ।

Shares

Be the first to comment on "पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिए, ११७ जना डिस्चार्ज"

Leave a comment

Your email address will not be published.


*