सांसद गुरुङ भन्छन–पक्राउ पुर्जी हैन ,अदालतमा हाजिर हुने पत्र

चरिकोट –सांसद पार्वत गुरुङले आफुलाई पक्राउ पुर्जी नभएर अदालतमा हाजिर हुन पत्र आएको बताएका छन । एक राष्ट्रिय टेलिभिजन सँग अन्र्तबार्ता दिदै उनले काठमाडौ जिल्ला अदालतले पठाएको पत्र राजनितिक प्रतिशोधमा भएको तत्कालिन स्थानीय तहको निर्बाचनको बेलाको घटनाको भएको बताएका छन । अदालतले आफुलाई पक्राउ पुर्जी नभएर अदालतमा हाजिर हुन पत्र पठाएको बताए । त्यसको पत्रको अदालतमा हाजिर भएर जवाफ दिने बताए । आफु त्यस दिन दाङमा भएको र गाउँपालिका उपाध्यक्ष दोलखा भएको अन्य अरु घटनामा संम्लग्न नभएको बताए । सांसद गुरुङले स्थानीय तहको निर्वाचनको क्रममा गौरीशंकर गाउँपालिका–२, जुँगूका कूलबहादुर तामाङको हत्याको केससँग सम्वन्धित घटना भएको बताए । उनले भने, ‘त्यो घटनालाई लिएर हालिएको मुद्दा रहेको बुझेको छु ।’ सांसद गुरुङ भन्छन, ‘अहिले मैले त्यसलाई सहज रूपमै लिएको छु ।’ २०७४ बैशाख २६ गते राती तत्कालीन नेकपा माओवादी र नेकपा एमालेका कार्याकर्ता विच झडप हुँदा ३३ बर्षिय तामाङको मृत्यु भएको घटना अहिले बल्झिएको छ । खडका तत्कालिन अबस्थामा अभियुक्त भएको उनलाई तमाङको हत्याको अभियोग लागेको व्यक्ति उनले बताए ।
पछि त्यो मुद्दाका एक जना अभियुक्तमध्ये जुँगु गाउँका विरध्वज खड्कालाई पीडित परिवारका मान्छेहरुले राजधानीको गौशालामा देखेछन्। सामन्य कुटपिट समेत गरेर गौशाला प्रहरीलाई बुझाएछन्। म त्यतीखेर दाङमा थिए। पछि ती खड्काले मसहित केही विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा बोकेर गौशाला प्रहरी बृत्त पुगेका रहेछन्।
सत्ताका तत्कालिन डिएसपीले घटनाका बखत दाङमा रहेको मेरो नाम देखेपछि मुद्दा नलिई फर्काइदिएका रहेछन्। पछि माओवादी र कांग्रेसको संयुक्त सरकार गठन भएका बखत राजनितिक प्रतिशोधका आधारमा शक्ति केन्द्रको पावर भिडाएर महानगरीय प्रहरी परिसर टेकु हुँदै अदालतमा मुद्दा दायर भएको रहेछ। दोलखा जिल्लाबाट संघीय सांसदमा निर्वा्िचत पार्वत गुरुङलाई काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
वीरध्वज खड्काको जाहेरीको आधारमा काठमाण्डौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग गरेको अभियोगमा सांसद गुरुङलाई पक्राउ पुर्जी जारी गरेको हो । वीरध्वज खड्काले २०७६ बैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग गरेको मुद्दा दर्ता गराएका थिए । २०७६ भदौ १२ गते काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । सांसद गुरुङ सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य समेत रहेका छन् ।
सांसद गुरुङ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ०७५–सी १–२००८ नम्बरमा मुद्दा दर्ता भई चालु अवस्थामा रहेको छ । सांसद गुरुङसहित ७ जनालाई ज्यान मार्ने उद्योगको दफा १८३ बमोजिमको मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीलाई समेत पक्राउ पूर्जी जारी भएको छ । त्यसैगरी सोही ज्यान मार्ने उद्योगमा गौरीशंकर गाउँपालिका–१ का मिनबहादुर तामाङ, कर्ण तामाङ, सविन तामाङ, सागर तामाङ र गौरीशंकर गाउँपालिका–२ का जीवन तामाङलाई समेत पक्राउ पूर्जी जारी भएको छ । गुरुङ २०७४ मंसिरमा दोलखाबाट संघीय सांसद्मा निर्वा्िचत भएका थिए ।

Shares

Be the first to comment on "सांसद गुरुङ भन्छन–पक्राउ पुर्जी हैन ,अदालतमा हाजिर हुने पत्र"

Leave a comment

Your email address will not be published.


*