पक्राउ परेकालाइ निशर्त रिहाको माग गर्दै कांग्रेसकाे बिरोध

चरिकोट(दीस) – दोलखाको मेलुङ गाउँपालिकाको खानेपानी बिषय लिएर नेपाली कांगे्रस दोलखाले शनिबार सदरमुकाम चरिकोट पूत्ला दहन गरेको छ । भेड्पु स्थित गोले गाउँ, थामी डाँडा, पिपलबोट, मानेडाँडा, स्वाराडाँडा लगायतका स्थानमा खानेपानी आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट ९० लाख बजेट उपलब्ध क्रमागत योजनाका रुपमा संचालित अरले खानेपानी योजनाको बिषयमा गाउँपालिका ताला बन्दी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको भन्दै निशर्त रिहाको माग गर्दै कांग्रेसले सो बिरोध गरेको हो । प्रहरीले तलाबन्दी गर्ने प्रविन थोकर, कृपाश्वर गोले, कुमार गोले, मधुकर गोले र सपन गोलेलाई प्रहरीले पक्राउ गरेको छ । मेलुङको खानेपानी सम्वन्धि विषयलाई लिएर शनिवार नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले प्रेसविज्ञप्ति जारी गर्दै पक्राउ परेका उपभोक्ताहरुलाई तत्काल विना शर्त रिहाईको माग गर्दै अरले खानेपानी योजना तोकिएकै बस्तिमा सम्पन्न नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

े ।

Shares

Be the first to comment on "पक्राउ परेकालाइ निशर्त रिहाको माग गर्दै कांग्रेसकाे बिरोध"

Leave a comment

Your email address will not be published.


*