नेविसंघ कपको उपाधि बैतेश्वर माविलाई

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा विद्यालय स्तरीय “दोलखा नेविसंघ कप ” सेभेन साइड फुटबल प्रतियोगिताको उपाधि बैतेश्वर माविले जितेको छ । विहिबार भएको फाइलन खेलमा ट्राइबेकरमा ३ – २ ले द राइजिङ स्टार बोर्डिङ चरिकोटलाई हराउँदै बैतेश्वरले उपाधि जितेको हो । त्यसैगरी प्रतियोगिताको तृतिय स्थान अलपाइन पब्लीक स्कुल र चौथो जेन्स एकेडेमी जिरी भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैया, दोस्रो हुने टिमले नगद २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ साथै ट्रफी , मेडल र प्रमाणपत्र पाएको नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका २१ विद्यालयका २४ टिमले भाग लिएको उहाँको भनाई रहेको छ । विजेता टिमलाई पुरस्कार नेपाली कांग्रेस सभापति बर्मा लामाले वितरण गर्नु भएको थियो । प्रतियोगिता आइतबारबाट सुरु भएको थियो ।

Shares

Be the first to comment on "नेविसंघ कपको उपाधि बैतेश्वर माविलाई"

Leave a comment

Your email address will not be published.


*