नेवार समुदायको कला, संस्कृति जोगाउदैँ वडा

इश्वर बिश्वकर्मा
चरिकोट, असार ३१
दोलखाको शैलुङ गाउँपालिका वडा नं. ३ का नेवार समुदायको कला संस्कृति, जात्रा पर्व जोगाउन जुटेको छ ।
नेवार समुदायले विभिन्न जात्रा तथा पर्वमा बजाउने वाद्यवादन सामग्रीहरू ३ लाख रुपैयाँमा वडाले खरिद गरेको छ ।
नेवार जातिकै प्रमुख बाजा मानिने २ वटा धिमे बाजा सहित १ वटा ढोलक, नखिम, भुस्या, झ्याम्टा, झ्याली, बाँसुरी, मादल लगायतका वाद्यवादन सामग्री सोमबार खरिद गरिएको हो । साथै लाखे नाचका विभिन्न सामग्रीहरू खरिद गरिएको छ । नेवार समुदायको पहिचान र कला संस्कृति संरक्षणार्थ बाजा खरिद गरिएको वडाध्यक्ष धुर्ब श्रेष्ठले बताए ।


सांस्कृतिक महत्व बोकेको हिले जात्रामा नेवारी बाजा बजाउने परम्परा रहेको छ । साथै विभिन्न चाडपर्व, मेला र उत्सवमा बाजा बजाई हर्षोल्लास गरिन्छ । नेवार समुदायको बाहुल्यता रहेको वडामा बाजा बजाउने कला युवा पुस्तामा हस्तान्तरण गर्न आगामी आर्थिक वर्ष तालिम सञ्चालन गरिने उनले बताए । युवापुस्ताले कला र संस्कृतिको जोगाउन तत्पर नबने नेवार समुदायको संस्कृति नै लोप हुने देखिन्छ । त्यसैले कलाको जर्गेनाका लागि युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "नेवार समुदायको कला, संस्कृति जोगाउदैँ वडा"

Leave a comment

Your email address will not be published.


*