नेफस्कुनद्धारा न्यौपानेलाई “उत्कृष्ट व्यवस्थापक” बाट सम्मान

चरिकोट /अनिल दहाल –मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था दोलखाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने नेपाल भरका “उत्कृष्ट व्यवस्थापक”बाट सम्मान भएका छन् । नेफस्कुनमा आबद्ध सहकारीबाट यो बर्ष नेफस्कुनले ३३ र्औ स्थापना दिवसको अबसरमा न्यौपानेलाई “उत्कृष्ट व्यवस्थापक” बाट सम्मान गरेको हो ।
न्यौपाने मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था दोलखामा २०६५ साल श्रावण १ गते बाट सेवामा प्रबेश गरेका थिए । मिलिजुली साकोसले एसियास्तरको कार्यक्रममा “एक्सेस सिल्भर ब्राण्डमा” प्राप्त गर्दै आएको छ । सहकारीका बिभिन्न बिषयमा २० भन्दा बढि तालिम लिएका प्रमुख कार्यकारी न्यौपाने कुशल ब्यवस्थापक रुपमा नेपाल भर परिचित रहेका छन् । उनले दोलखामा सहकारी एकीकिरण अभियान संन्चालन गर्दै आएका छन् ।उनको नेतृत्वमा यो बर्ष मात्र १० सहकारी एकिकरण गरेर मिलिजुली साकोसले प्रमाण पत्र लिएको थियो । उनको कुशल नेतृत्वको कारण मिलिजुली कालिञ्चोक आधुनिक प्रबिधी युक्त हुँदै आएको छ । न्यौपानेले स्नातकोत्तर,बि.एड र कानुनमा स्नातक गरेका छन् ।

Shares

Be the first to comment on "नेफस्कुनद्धारा न्यौपानेलाई “उत्कृष्ट व्यवस्थापक” बाट सम्मान"

Leave a comment

Your email address will not be published.


*