काठमाडौँ, १ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् । त्यसबाट रु चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अधिकांश व्यवस्थालाई यथावत राखे पनि आजदेखि लागू हुने गरी स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने र संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था ल्याएको थियो । मौद्रिक नीतिको समीक्षाको आंशिक प्रभाव पुँजी बजारमा पनि परेको रुपमा हेरिएको छ । आज सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक दुई दशमलव ४० प्रतिशतले र वित्त समूहको उपसूचक दुई दशमलव २० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३२ करोड ५० लाख ४५ हजार ७२ बराबरका चार लाख ७८ हजार पाँच सय ६० कित्ता शेयर किनबेच भएका छन् । —
नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट
Posted By: दीक्षण दैनिक १ फाल्गुन २०८०, मंगलवार १९:२६
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
५ आश्विन २०८१, शनिबार १८:२९
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट"