नेपाल सरकारद्वारा दोलखाका तीन गाँउपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौ (दीस) ः नेपालको सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा दोलखाका तीन वटा गाउँपालिका परेका छन् । दोलखाका तीन गाँउपालिकामा , गौरीशंकर , विगु र शैलुङ गाउँपालिका रहेका छन् । पछिल्लो बाढी पहिरोबाट प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रभावित स्थानहरूमा राजमार्ग र सडक सञ्जालहरूमा क्षति पुगेको, पुलहरू बगेको, विद्युत् र टेलिफोनको सुविधा अवरुद्ध भएको, साथै पशुचौपाया र कृषि क्षेत्रमा ठूलो नोक्सानी भएकोले यो घोषणा गरिएको हो। यो निर्णय बाढीपहिरोबाट जनजीवनलाई थप सुरक्षित बनाउन र व्यवस्थापनका लागि गरिएको हो।
विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका प्रमुख स्थानीय तहहरूमा कोशी प्रदेशका पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका र उदयपुरको बेलका नगरपालिका रहेका छन् । त्यसैगरी बागमती प्रदेशका धादिङको बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका , दोलखाको गौरीशंकर , विगु र शैलुङ गाउँपालिका रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ,ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका रहेका छन् । त्यस्तै बागमती प्रदेश काभ्रेपलाञ्चोक रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका , सिन्धुलीको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका , मकवानपुर गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका रहेका छन् ।

Shares

Be the first to comment on "नेपाल सरकारद्वारा दोलखाका तीन गाँउपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा"

Leave a comment

Your email address will not be published.


*