नेपाल संसारकै सबैभन्दा सुन्दर हिरा हो ः विश्व साइकल यात्री शाह

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष ९
दोलखाली छोरो विश्व साइकल यात्री पुष्कर शाहले नेपाल संसारकै सबैभन्दा सुन्दर हिरा भएको बताएका छन् ।
मंगलबार चरिकोटमा आयोजित एक कार्यक्रममा नेपाल हिराको टुक्रा भएकाले क्रमश ः चम्किदैँ गरेको र थप चम्काउन सबैको जिम्मेवारी भएकाले नेपाली आफैँ अग्रसर हुनुपर्ने उनले बताए ।
आफुले १ सय ५५ वटा विभिन्न देश घुमेको भएपनि नेपालजस्तो सुन्दर देश कुनैपनि नभएको उनले बताएका छन् ।
नेपाल धार्मिक, सांस्कृति, जातिय, र प्राकृतिक बिबिधताले शुसज्जित हिराको टुक्रा र सुन्दर स्वर्ग भएको बताए ।
उनले दोलखाको कालिञ्चोक मनकामना पछिको सुन्दर पर्यटकिय धार्मिक स्थल रहेकोले थप प्रचारप्रसार गरिनुपर्ने बताए । उनले दोलखाको भिमशेन, शैलुङ, जिरी, लामाबगर लगायतको प्रचार गर्नुपर्ने बताए ।
उनले भने “मन्थलीमा धान रोपेर आई चरिकोटको शितलमा सुत्न सक्छौँ, दामनमा आलु रोपेर हेटौँडामा घुम्न सक्छौँ । त्यसैले नेपाललाई अमेरिका जस्तो नभई नेपालै बनाउनुपर्छ । ” उनले दोलखाको लागि मात्रै नभई देशकै पर्यटन प्रर्बद्धनमा आफु पनि लागि रहेको बताए ।
नेपाल रहेमात्र पर्यटन विकास लगायतका अन्य विकास गर्न सकिने भएकोले नेपालको स्वाभिमान जोगाइराख्नुपर्ने विश्वसाइकल यात्री शाहले बताए ।
उनले आफु कुनै राजनिती दलमा संलग्न नभएकाले राज्यको निकायले प्रशंसा नगरेको पनि बताए । आम मानिसले नजरमा विश्वसाइकल यात्री, सगरमाथा आरोही र विश्व किर्तिमानी भनि प्रशंसा गरेको तर सरकारले कुनै प्रशंसा नगरेकोमा दःुख लागेको बताए । उनले दोलखाको लागि मात्रै नभई देशकै पर्यटन प्रर्बद्धनमा आफु पनि लागि रहेको बताए ।
साथै उनले युवाहरु स्वदेशमा काम पाइएन भनेर विदेश गइरहेकोले नजान उनले सुझाब दिएका छन् ।

Shares

Be the first to comment on "नेपाल संसारकै सबैभन्दा सुन्दर हिरा हो ः विश्व साइकल यात्री शाह"

Leave a comment

Your email address will not be published.


*