नेपाल शिक्षक संगठनले बुझायो ज्ञापन–पत्र

चरिकोट(दीस)ः स्वच्छ शैक्षिक वातावरणको माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाले शिक्षा विकास तथा समन्वय इकाइ दोलखामा ज्ञापन पत्र बुझाएको छ । समितिले बुधवार सो ज्ञापन पत्र बुझाएको हो ।
नेपाली शिक्षकमाथि चौतर्फी दमन बढ्दै गएको भन्दै सौहार्दपूर्ण वातावरणमा पठनपाठनको वातावरण व्यवस्थापनका लागि स्थानीय र केन्द्र सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र बुझाइएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाका अध्यक्ष सञ्जय खड्काले जानकारी दिनुभयो । आस्थाका आधारमा स्थानीय सरकारले शिक्षक माथि विभेद गरेको,सरुवा पारदर्शी नभएको ,संघीय ऐनसंग बाझिने गरी बनाइएको प्रअ छनौट कार्यविधि खारेज गर्नुृपर्ने,विभिन्न वहानामा शिक्षकलाई वारम्वर त्रसित वनाउने काम वन्द गरी स्वच्छ वातावरणमा कक्षा कोठामा जाने वातारवरण बनाउन ज्ञापन पत्रमा माग गरिएको छ । स्थानीय सरकारले योजना बनाउँदा शिक्षकका पेसागत संघसस्थालाई आवद्ध गरिनुपर्ने,गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय लगानी,संघीय शिक्षा ऐन यथाशीघ्र जारी गरिनुपर्ने लगायतका माग ज्ञापन पत्रमा राखिएको छ । ज्ञापन पत्र शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठलाई बुझाइएको हो ।

Shares

Be the first to comment on "नेपाल शिक्षक संगठनले बुझायो ज्ञापन–पत्र"

Leave a comment

Your email address will not be published.


*