नेपाल बन्दको दिन दोलखामा चलेन सार्वजनिक सवारीसाधन

राजकुमार भुजेल
चरिकोट, भदौ ७
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना चार राजनीतिक दलले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि आशिंक रुपमा प¥यो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध बन्दको घोषणा गरिएको सो पार्टीले जनाएको छ ।
बन्दकर्ताहरु सडकमा नदेखिएपनि बन्दको प्रभावले जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुन नसक्दा सर्वसाधारणलाई समस्या परेको थियो । यद्यपी मोटरसाइकल, बोलेरो, ट्रक लगायतका निजी सवारी साधन भने निर्वाध रुपमा चलेका थिए । तर अन्य दिनमा भरिभराउ र भीड हुने बजारहरुमा बन्दको दिन सवारी साधन र मानिसको चाप निकै कम थियो । त्यसैगरी शैक्षिक संस्थाको पठपाठनमा समेत प्रभाव परेको थियो । जिल्लाको चरिकोट, सिंगटी, मैनापोखरी, जिरी लगायतका मुख्य बजारका पसलहरु बिहानैदेखि पूर्ण रुपमा सञ्चालनमा थिए ।
बन्दमा अप्रिय घटना हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै चोकचोकमा सुरक्षाकर्मी तैथान थिए । सोही कारण पनि बन्दकर्ताहरु सडकमा आउन नसेकोले अप्रिय घटना नभएको प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो । बन्द घोषणासँगै सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा सर्वसाधरण मारमा परेपछि बन्दको विरोध जनाएका थिए । शैलुङ गाउँपालिकाका भीमलाल फुँयालले सर्वसाधारणलाई दुख दिने र कसैलाई फाइदा नहुने भएकोले बन्द सधैँको लागि बन्द गर्नुपर्ने बताउनुभयो ।

Shares

Be the first to comment on "नेपाल बन्दको दिन दोलखामा चलेन सार्वजनिक सवारीसाधन"

Leave a comment

Your email address will not be published.


*