नेपाल दलित मुक्ति संगठन दोलखाको छैठौँ जिल्ला सम्मेलन सम्पन्न

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, पुस १७
नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन दोलखाको छैठौं जिल्ला सम्मेलन शनिबार चरिकोटमा सम्पन्न भएको छ । सम्मेलनले कुलबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । समितिको उपाध्यक्ष रत्न खाती, चित्र नेपाली, रमेश बिश्वकर्मा, सचिवमा सञ्जीव परियार, सहसचिवमा अनिल रिजाल, राधिका मुग्राती, कोषाध्यक्षमा बुद्धिबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।
सम्मेलनको उद्घाटन एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नुभयो । दलितको हकअधिकार कागजमा लेखेर मात्र सरकारको दायित्व पूरा नहुने भएकोले त्यसको अक्षरशः कार्यान्वयन गरिनुपर्ने सुनाउनुभयो । अधिकार प्राप्तीका लागि संविधान कार्यान्वयन गराउनुपर्छ । यसको कार्यान्वयनको लागि दलित समुदायले आवाजलाई बुलन्द पारी सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले गठबन्धनको सरकार भएकोले यसमा सहभागी पार्टीको सहमतिमा दलित समुदायसँगै सबै नागरिकलाई फाइदा हुने गरी आगामी वर्ष नयाँ र फरक कार्यक्रम बनाउने सुनाउनुभयो । अर्काे प्रसंगमा उहाँले एकीकृत समाजवादीको प्रगती देखेर एमाले डराएको र माधव नेपाल र पुष्पकमल दाहालको विरोधमा उत्रिएर दिनहुँ खेदो खन्ने गरेको बताउनुभयो । केपी ओलीलाई देश, जनता, कम्युनिष्ट आन्दोलन र कायकर्ताको कुनै चिन्ता नभएको समेत उहाँले भन्नुभयो । आगामी चुनावमा नेकपा एकीकृत समाजवादी एमाले भन्दा शक्तिशाली र ठूलो पार्टी हुने दाबी गर्नुभयो । नागरिकको ज्यानको सुरक्षा गर्न निशूल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइएकोले सबैले खोप उपयोग गरी कोरोना परास्त गर्ने अभियानलाई सफल पार्न उहाँले आग्रह गर्नुभयो । सम्मेलनमा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य शिवप्रसाद भण्डारी, केन्द्रीय सदस्य गोपाल न्यौपाने, चुनु खड्का, केन्द्रीय लेखा आयोगका सदस्य रवीन्द्र कार्की, प्रदेश कमिटी सदस्य सिर्जना कार्की र शुसिला न्यौपाने, अनेरास्ववियूका केन्द्रीय कमिटी स्थायी समिति सदस्य सरिता खाती, दोलखा जिल्ला अध्यक्ष भीमप्रसाद दाहाल, जिल्ला उपसचिव घनश्याम रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "नेपाल दलित मुक्ति संगठन दोलखाको छैठौँ जिल्ला सम्मेलन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*