नेपाल तरुण दल दोलखाको कार्यबाहक अध्यक्ष ः चित्र कुमार तामाङ

चरिकोट (दीस) – नेपाल तरुण दल दोलखाले कार्यबाहक अध्यक्षको तोकिएको छ । उपाध्यक्ष चित्र कुमार तामाङलाई कार्यबाहक अध्यक्ष जिम्मेवारी दिएको हो । तरुण दल अध्यक्ष दावा साङ्गे शेर्पा नेपाली काङ्ग्रेसको १४ औं अधिबेशनमा पार्टी जिल्ला कार्य समितिको सचिवमा निर्वाचित हुनु भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गएको अवस्थामा युवा परिचालन गर्ने अभिभारा सहित तामाङलाई विधान बमोजिम कार्यबाहक अध्यक्ष जिम्मेवारी तोकिएको बताइएको छ । तामाङलाई पाटी सभापति बर्मा लामाको रोवरमा अध्यक्ष शेर्पाले कार्यबाहक अध्यक्ष जिम्मेवारी तोकिएको पत्र हस्तान्तरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "नेपाल तरुण दल दोलखाको कार्यबाहक अध्यक्ष ः चित्र कुमार तामाङ"

Leave a comment

Your email address will not be published.


*