नेपाल औषधि व्यबसायी संघको साधारणसभा सम्पन्न, संघमा नयाँ नेतृत्व

दोलखा ः नेपाल औषधि व्यबसायी संघ संयुक्त जिल्ला शाखा दोलखा तथा रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा भएको उक्त अधिबेशनको दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले उद्ध्घाटन गर्नु हुँदै औषधि व्यबसाय मात्र नभइ सेवा अन्र्तगतको व्यवसाय भएको बताउनु भयो । यो व्यवसायमा कुनै पनि प्रश्न नआउने गरी व्यवसाय संञ्चालन गर्न उहाँले सुझाब दिनु भयो । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनालले औषधी व्यवसाय गर्ने व्यसायी आफै सचेत हुनु पर्ने बताउनु भयो । दोलखा उद्योग बाणिज्य संघका महासचिब सुरेश उप्रेतीले केही औषधी पसलमा लागुपर्दाथ दुर्वेषनीले औषधी किनेर प्रयोग गरेको सुनिएकाले त्यसतर्फ सचेत हुन आग्रह गर्नु भयो । नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरले विरामीले २४ सै घण्टा औषधी पाउने वातावरण बनाउन आग्रह गर्नु भयो । संघका अध्यक्ष जीवन कुमार श्रेष्ठले यो संघ २०७३ सालमा स्थापना भएको र समाजिक उतरदाहित्व बहन गरेर काम गरिरहेको बताउनु भयो । अधिवेशनले जीवन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।उपाध्यक्षमा अर्जुन बुढाथोकी महासचिबमा हरी गौतम ,सचिबमा मोहन कुमार श्रेष्ठ, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पार्वती श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यमा मनोज कुमार श्रेष्ठ ,जीवन नाथ दुलाल , मदन भौकाजि चयन हुनु भएको नवनिर्वाचित कोषाध्यक्ष भरत बस्नेतले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "नेपाल औषधि व्यबसायी संघको साधारणसभा सम्पन्न, संघमा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*