नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा दोलखाका २ जना निर्बाचित

चरिकोट (दीस)–नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा दोलखाका २ जना निर्बाचित भएका छन् । दोलखा उद्योण बाणिज्य संघका पुर्ब अध्यक्ष रामेश्वर मानन्धर र डिबी बस्नेत निर्बाचित भएका हुन ।माहसंघको शनिबार भएको ५४औ साधारण सभा तथा निर्बाचनमा दुबै जना जिल्ला तथा नगरबाट कार्यकारीणी सदस्यमा निर्बाचित भएका हुन ।

वरिष्ठ उपाध्यक्षमा चन्द्र्रप्रसाद ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र्रप्रसाद ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा उनले प्रतिद्धन्दी किशोर प्रधानलाई पराजित गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । ढकालले कुल खसेको मत मध्ये ५४.६२ प्रतिशत र प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका छन् । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्लानगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए । महासंघको विधानअनुसार ढकाल ३ वर्षपछि महासंघको स्वतः अध्यक्ष बन्ने भए पनि यो निर्वाचन ९ महिना ढिला भएका कारण २ वर्ष ४ महिनापछि अर्काे कार्यकालको निर्वाचनपछि ढकाल अध्यक्ष बन्ने छन् । वरिष्ठ उपाध्यक्ष ढकाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् । गत वर्षको चैत २८ गते महासंघको निर्वाचन हुनुपर्नेमा कोरोना महामारीका कारण दुई पटक निर्वाचन सरेको थियो । तेस्रो पटक मंसिर ११ देखि १३ गते ३ दिनका लागि साधारणसभा र निर्वाचन गर्ने मिति तोकिएको थियो ।

Shares

Be the first to comment on "नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा दोलखाका २ जना निर्बाचित"

Leave a comment

Your email address will not be published.


*