नेपाल आमा

नबराज थापा
आफ्नै सन्तानले जानी जानी टेक्दा तिम्रो छाती किन नदुखोस
तिम्रै मासु लुसेरा पराईलाई बेच्दा तिम्रो रगत किन नसुकोस
त्यसै त तिमी बिरामी छौ रात दिन रुदै छौ आमा
त्यही आशुको नदि पनि बेच्दा तिम्रो बिश्वास किन नटुटोस
~~~~~~~~~~~~~~
तिम्रै मासु लुसेरा पराईलाई बेच्दा तिम्रो रगत किन नसुकोस
धेरैलाई जन्मदेउ आमा तिमिले महान हुन्छन भनेर
तिनिहरु नै स्वर्थमा बिकेसी तिम्रो सपना किन नफुटोस
~~~~~~~~~~~~~~
तिम्रै मासु लुसेरा पराईलाई बेच्दा तिम्रो रगत किन नसुकोस
आश त धेरै देखाए नि है आमा तिमिलाई संसारको सुन्दर बनाउछु भनेरा
बाकी भाको त्यहि अनुहारमा एसिड छर्केसी तिम्रो शिर किन नझुकोस
~~~~~~~~~~~~~~
आफ्नै सन्तानले जानी जानी टेक्दा तिम्रो छाती किन नदुखोस
तिम्रै मासु लुसेरा पराईलाई बेच्दा तिम्रो रगत किन नसुकोस
Shares

Be the first to comment on "नेपाल आमा"

Leave a comment

Your email address will not be published.


*