नेपाली कांग्रेस रामेछापको सभापतिमा तामाङ निर्वाचित

रामेछाप (दीस) –नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन अन्तर्गत रामेछापको जिल्ला सभापतिमा देउवा पक्षका पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित हुनु भएको छ । पहिलो चरणको निर्र्वाचनमा उहाँको १६ मतले ५१ प्रतिशत मत अपुग भएको थियो । नेपाली कांगे्रसको बिधान अनुसार ५१ प्रतिशत मतको लागि पहिलो मत ल्याउने र दोस्रो मत ल्याउने बिच दोस्रो चरणको निर्वाचन गर्ने तयारी गर्दा उहाँका निकटतम दोस्रो मत ल्याउनु भएका लबश्री न्यौपानेले तमाङलाई सर्मथन गरेसँगै उहाँ सभापति पदमा निर्वाचित हुनु भएको हो । आइतवार सम्पन्न मतदानमा सभापतिका प्रतिस्पर्धी मध्ये कान्छारामले बढी मत ल्याउनु भएको थियो । आइतबार भएको चुनावमा लवश्री न्यौपानेले ३५६ मत, अर्का प्रत्याशी कृष्णबहादुर महतले ३२८ मत र कान्छारामले ६६८ मत पाउनु भएको थियो । सभापतिका उम्मेदवार द्धय न्यौपाने र कान्छाराम बीच सहमति जुटेसँगै कान्छाराम पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो । आइतबार सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो

Shares

Be the first to comment on "नेपाली कांग्रेस रामेछापको सभापतिमा तामाङ निर्वाचित"

Leave a comment

Your email address will not be published.


*