नेपाली कांग्रेस दोलखाको सभापति पदमा बर्मा लामा र तारा खड्का बिच चुनाब हुने

चरिकोट (दीस) –नेपाली कांग्रेस दोलखाको सभापति पदमा निर्वाचन  बर्मा लामा र तारा खड्का बिच चुनाब हुने भएको छ । हिजो र आज जिल्ला सभापति पदको लागि भएकाे  निर्वाचनमा कुनै उम्मेदवारको ५१ प्रतिशत नपुगेको कारण दोस्रो चरण अन्र्तगत भोली निर्वाचन हुने भएको हो ।नेपाली कांग्रेसको बिधानमा पार्टी सभापतिको लागि कुनै पनि उम्मेदवारकाे ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने प्रवाधानको कारण भोली निर्वाचन हुने भएको हो ।खसेको मतको ५१ प्रतिशत नपुगेमा पहिलाे मत ल्याउने र दोस्रो मत ल्याउने  बिच निर्वाचन हुने नेपाली कांग्रेसको बिधानमा उल्लेख रहेको छ ।  आज खसेको १५ सय ४५ मतमा बर्मा लामाले पहिला मत  ६सय ४३ ल्याउनु भएको थियो । दोस्रो मत तारा खडकाले ३सय ९७ मत तथा तेस्रो मत रुद्र खड्काले ३ सय ५८ तथा चौथो केशब चौलागाई ९५ मत प्राप्त गर्नु भएको थियो ।५२ मत भने बदर भएको निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनु भयो ।

 

Shares

Be the first to comment on "नेपाली कांग्रेस दोलखाको सभापति पदमा बर्मा लामा र तारा खड्का बिच चुनाब हुने"

Leave a comment

Your email address will not be published.


*