नेपाली कांग्रेस जागरण अभियानमा

चरिकोट –नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा आज कार्यकर्ता भरिभराउ गरेको छ । नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत दोलखाको सदरमुकाममा भएको कार्यक्रममा कार्यकर्तालाई कांग्रेसको नितिबारे केन्द्रिय नेता तथा जिल्ला स्तरका नेताले आफ्नो पाटीको नितिकाे  वारे बताएका थिए । कार्यक्रममा कांग्रेसका  कार्यकर्ता चरिकोटमा उर्लिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले जनताको हातमा अधिकार ल्याउने गरि चुनाव भएको भए पनि सरकार अधिकार केन्द्रीकरण गर्न लागेको बताए । देशमा जनताले आसा गर्ने ठाउँ मरेको बताए । “नेपाली जनताले कम्युनिष्ट सत्ताको विकल्प खोजेको छ ,जनतालाई सपना देखाएको तर  सरकारले पुरा गरेन ” पौडेलले भने । सरकारले जनतालाई झूक्याएको बताए । गाउँ रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अबस्था सिर्जना गर्न कृषि तथा पर्यटनमा क्रान्ती आवस्यक रहेको पनि पौडेलले बताए । कार्यक्रममा नेपाली कांगे्रसका प्रबक्ता विश्व प्रकाश शर्माले विप्लवलाई सरकारले बार्तामा ल्याएर हिंसा त्याग गर्नु पर्ने वाताबरण बनाउनु पर्ने बताए । उनले विप्लवलाई हिंसा त्याग गर्न आग्रह गरे । कांग्रेसले देशमा समावेसी जग उभ्याएको बताए । कांग्रेसको नितिको कारण देशकाे विकास भएको दावि गरे ।अहिलेकाे बहुमत सरकारले जनताको चाहाना अनुसार काम गर्न नसकेको आरोप लगाए । कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रिय सदस्य रामकृष्ण यादव ,पाटी सभापति रुद्र बहादुर खडका , पुर्व पाटी सभापति तारा कोइराला , देवी न्यौपाने , वर्मा लामा लगायतले मन्तव्य राखेका थिए ।
यस अघि नेपाली कांगे्रसले जागरण अभियान गरेको थियो । दोलखाका स्थानीय तहका वडा तथा गाँउगाँउमा टोली नै बनाएर जिल्ला स्तरीय नेता संगठन सुधार अभियानमा लागेका थिए । केन्द्रिय समितिको निर्देशन अनुसार  देशभर कांग्रेसले गाउँजागरण अभियान सञ्चालन गरेको थियो । सोही अनुसार दोलखा कांग्रेसले पनि गाउँगाउँमा जागरण अभियान सञ्चालन गरेकाे िथयाे । जागरण अभियानमा संघिय विद्यान बमोजिम पाटी संगठन पुर्नगठन भएको दोलखाका कांगे्रस नेताले बताएका छन । जसमा कांग्रेसले स्थानीय स्तरमा पालिका स्तरका नेतालाई वडा स्तरमा जिम्मेबारी दिएको छ ।
वडा स्तरिय जागरण अभियानमा कतिपय वडाको वडा समिति पुनर्गठन गरेको छ । टुक्रिएका वडाहरुमा नयाँ समिति समेत गठन गरेको छ । जागरण अभियान मार्फत नै नेपाली कांग्रेसले स्थानीय तहको नेतृत्व समेत चयन गरेको छ ।

Shares

Be the first to comment on "नेपाली कांग्रेस जागरण अभियानमा"

Leave a comment

Your email address will not be published.


*