दोलखा नेपाली कांग्रेसद्धारा १२ जनालाई जिल्ला कार्यसमितिमा मनोनित

चरिकोट (दीस) – नेपाली कांग्रेस दोलखाको शुक्रबार चरिकोटमा सम्पन्न तेस्रो जिल्ला कार्यसमितिको पुर्ण बैठकले कोषाध्यक्ष सहित १२ जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । कोषाध्यक्षमा राजेशकुमार श्रेष्ठ मनोनित हुनु भएको छ । अन्य पदाधिकारी निर्वाचनद्वारा चयन भए पनि कांग्रेस विधानमा कोषाध्यक्ष पद सभापतिको प्रस्तावमा कार्य समिति निर्वाचित कार्य समिति सदस्यहरू मध्येबाट जिल्ला कार्य समिति बैठकले मनोनित गर्ने व्यवस्था छ। सो विधान अन्ुसार श्रेष्ठ कोेषाध्यक्षमा मनोनित हुनु भएको हो । शुक्रबारको बैठकले १२ जना जिल्ला कार्य समिति सदस्य मनोनित गरेको नेपाली कांग्रेस दोलखाले जनाएको छ । मनोनित हुने सदस्यहरुमा पूर्व जिल्ला सचिव एवम् नेविसंघ पूर्व अध्यक्ष सन्तोष रिमाल, पूर्व नेविसंघका अर्का राकेश श्रेष्ठ, तरुण दलका कर्मा शेर्पा, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष रामजी चौलागाई, नेताहरु वासु दाहाल, रामराज शिवाकोटी, विदुर पोखरेल, गोपाल तिमल्सिना, नविना श्रेष्ठ, लोकराज पाठक, देवराज खत्री र यमबिक्रम कार्की छन्।यसअघि वैधानिक व्यवस्था अनुसार जिल्ला सभापतिका निकटतम प्रत्यासी तारा कुमार खड्का स्वत जिल्ला सदस्य भइसक्नुभएको छ।

Shares

Be the first to comment on "दोलखा नेपाली कांग्रेसद्धारा १२ जनालाई जिल्ला कार्यसमितिमा मनोनित"

Leave a comment

Your email address will not be published.


*