नेपाली कांगे्रस दोलखाद्धारा उपसभापति र सचिब मनोनित

चरिकोट –नेपाली कांगे्रस दोलखाले विधानअनुसार पार्टीका जिल्ला उपसभापति र सचिव मनोनित भएका छन्। जिल्ला सभापति खड्काको प्रस्तावमा शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला कार्य सम्पादन समितिको बैठकले उपभापतिमा छविलाल तामाङ र सचिवमा वालकृष्ण आचार्यलाई मनोनयन गर्न प्रस्ताव गरेको हो। त्यसैगरी दोलखा कांगे्रसको प्रवक्तामा रन्जित पाठकलाई मनोनित गरिएको जनाइएको छ । पुरानो विधानअनुसार सभापतिले उपसभापति र एकजना सचिव मनोनयन गर्न पाउने विद्धान व्यवस्था रहेको छ । नयाँ विधानअनुसार पार्टी समिति टुंग्याउन जिल्लामा प्रतिनिधि खटिनुअघि नै सभापतिले दुवै पदमा मनोनयन सकेका हुन्। मनोनयनको निर्णय भने आगामी अन्तिम साता बस्ने जिल्ला कार्य समितिले अनुमोदन गर्ने कांग्रेस जिल्ला सभापति खड्काले बताए।
दोलखा कांगे्रस नयाँ संरचनामा
संघिय नयाँ संरचना अनुसार पार्टीका समिति गठन गरेको जनाएको छ । नयाँ संरचना तयार गर्न दोलखा कांग्रेसले वैशाख २५ देखि जेठ २५ गतेसम्म चलेको जागरण अभियानका क्रममा जिल्ला भर ९ ओटा स्थानीय तह र ७४ वडा रहेको जिल्लामा नयाँ संरचनाअनुसार सबै समिति बनाएको छ । महासमितिले पारित गरेको नयाँ विधानअनुसार स्थानिय कमिटी समायोजन र पूरा भएको नेपाली कांगे्रस दोलखाले जनाएको छ ।

मुलुक संघीयतामा जानुअघि दोलखामा ५१ गाविस र दुई निर्वाचन क्षेत्र थिए। सोहीअनुसार पार्टीको ५१ गाविस समिति, दुई क्षेत्रीय समिति र एउटा जिल्ला कार्य समिति थियो। पार्टीका जिल्ला सभापति रुद्र बहादुर खड्काका अनुसार संघीयतापछि बनजेका ९ ओटै स्थानीय तह, ७४ ओटै वडामा पार्टीको नयाँ विधानअनुसारको संरचना गठन भएको छ। यस्तै नयाँ विधानअनुसार स्थानीय तहमा थप्नुपर्ने पदाधिकारी र सदस्यको नियुक्तिसमेत सर्वसम्मतले नै सकिएको छ।

जिल्लाका २ नगर र ७ गाउँपालिका गरेर ९ ओटा स्थानीय तह छन्। तीमध्ये भिमेश्वर नगरपालिका र जिरी नगरपालिकामा यसअघिकै मौजुदा कार्य समितिमा नयाँ विधानअनुसार नयाँ थपिएका संरचनाबाट प्रतिनिधित्व सुनिश्चित हुनेगरी उपसभापतिसहितका पदाधिकारी र सदस्य थप गरेर विस्तार गरिएको छ। भिमेश्वरमा राजेश श्रेष्ठ र जिरीमा सोनाम शेर्पा सभापति छन्। यस्तै कालिञ्चोक गाउँपालिकामा अर्जुन शिवाकोटी, शैलुङ गाउँपालिकामा दावादोर्जे लामा, मेलुङमा छत्रबहादुर गोले, तामाकोसीमा ङरहरि फुयाँल, वैत्येश्वरमा राजु उप्रेती, गौरीशंकरमा श्याम सुन्दर तामाङ र विगुमा हेमराज तामाङ सभापति बनेका छन्।

Shares

Be the first to comment on "नेपाली कांगे्रस दोलखाद्धारा उपसभापति र सचिब मनोनित"

Leave a comment

Your email address will not be published.


*