नेपाली कांगे्रसको अधिवेशनले चरिकोटमा चहलपहल बढ्यो

चरिकोट (दीस) – दोलखामा नेपाली कांगे्रसको अधिवेशन नजिकिदै गर्दा सदरमुकाम चरिकोटमा चहलपहल बढेको छ । सदरमुकाम चरिकोटका चिया पसल तथा चोकमा कांग्रेसको अधिवेशनबाट आउने जिल्लाको नेतृत्व तथा केन्द्र र प्रदेश प्रतिनिधीकोबारेमा चर्चा हुने गरेको छ । दोलखामा नेपाली कांगे्रसको असोज १२ गते क्षेत्रिय अधिबेशन तथा प्रदेश प्रतिनिधी अधिवेशन मार्फत क्षेत्रको नेतृत्व तथा प्रदेश महाधिवेशन प्रतिनिधी छनोट हुने नेपाली कांगे्रसको निर्वाचन समितिले बताएको छ । क्षेत्र नंम्बर १ को अधिबेशन मैनापोखरी तथा क्षेत्र २ को अधिबेशन चरिकोटमा हुने पनि समितिले जनाएको छ । असोज १५ गते केन्द्रीय प्रतिनिधी तथा जिल्लाको नयाँ नेतृत्व अधिबेशन मार्फत छनोट हुने पनि समितिले जनाएको छ । सो अधिबेशन सदरमुकाम चरिकोटमा हुने बताइएको छ । कांग्रेसले यस अघि नै जिल्लाको ८ वटा पालिकामा र वडामा नयाँ नेतृत्व छनोट गरिसकेको छ ।

Shares

Be the first to comment on "नेपाली कांगे्रसको अधिवेशनले चरिकोटमा चहलपहल बढ्यो"

Leave a comment

Your email address will not be published.


*