नेपाली काँग्रेस दोलखाले बुझायो १० बुँदे ज्ञापन पत्र

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २
नेपाली काँग्रेस दोलखाले विभिन्न मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएको छ ।
जिल्लामा कोरोना परिक्षणका लागि पिसिआर मेसिन खरिद गर्न र क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने लगायतको माग सहित दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा मार्फत प्रधानमन्त्रीलाई नेपाली काँग्रेस दोलखाले ज्ञापन पत्र बुझाएको हो ।
लकडाउनले अस्तव्यस्त बनाएको आम नेपाली नागरिकको दैनिकी पुरानै लयमा फर्काउन सकिने गरि राहत प्याकेज ल्याउन ज्ञापनपत्र मार्फत माग गरिएको छ । त्यसैगरि बैँक तथा वितिय संस्थाबाट कर्जा लिएका उद्योगी व्यवसायीहरुलाई कर्जाको किस्ता तथा व्याजमा सरलीकरण गर्न माग गरिएको छ ।
त्यस्तै विदेशबाट फर्किएका तथा स्वदेशमा रहेका बेरोजगार युवाहरुलाई बेरोजगार भत्ता उपलब्ध गराउन, कृषिमा सहजतता गराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कृषि, पर्यटन, जलस्रोत, खनिज, जडिबुटीजस्ता उद्योेगलाई प्रोत्साहन गरि आर्थिक गतिविधी तथा रोजगारि सिर्जना गर्न, कोरोना रोकथाम, नियन्त्रण तथा उपचार खर्चमा भएको भ्रष्टचार र अनियमितताको तत्काल छानविन गर्न माग सहित १० बुँदे ज्ञापन पत्र बुझाइएको नेपाली काँग्रेस दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेस दोलखाले बुझायो १० बुँदे ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*