नेपाली काँग्रेस दोलखाद्वारा नेता लामा र कोइरालालाई राष्ट्रिय सभा उमेद्वार बनाउन सिफारिस

चरिकोट(दीस)ः नेपाली काँग्रेस दोलखाले आसन्न राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय सदस्य जिपछिरिङ लामा तथा पूर्व सभापति ताराबहादुर कोइरालालाई उम्मेद्वार बनाउन पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय समितिको मंसिर २९ गतेको निर्देशन अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दोलखा जिल्लाबाट केन्द्रीय सदस्य जिपछिरिङ लामा तथा पूर्व पार्टी सभापति ताराबहादुर कोइरालालाई सिफारिस गरिएको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनुभयो । केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी जिल्ला पार्टी सभापति लामाले लेखेको पत्रमा गठबन्धनका कारण दोलखाबाट केन्द्रीय संसदमा पार्टीको प्रतिनिधित्व नभएका कारण दोखलाबाट राष्ट्रिय सभामा उमेद्वादी दिन आग्रह गरिएको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेस दोलखाद्वारा नेता लामा र कोइरालालाई राष्ट्रिय सभा उमेद्वार बनाउन सिफारिस"

Leave a comment

Your email address will not be published.


*