नेपाली काँग्रेस काटाकुटीद्धारा स्वास्थ्य सामग्री सहयोग

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २८
नयाँ रुप लिएर आएको दोस्रो लहरको कोरोना महामारीले अहिले विश्वसगैँ नेपालपनि अतिप्रभावित भएको छ । यसले तराईमात्र भनेन, हिमाल र पहाडमा पनि विध्वंसकारी बनेर उधुम मच्चाएको छ, भने गाउँगाउँमा प्रवेश गरेर उच्च जोखिम पैदा गराएको छ । अरुबेला जनताकाे नजिक आएर अनेक आश्वासन बाढ्ने पार्टीका नेता कार्यकर्ताहरु यो संकटको घडीमा एउटा मास्क समेत बाढ्न आएका छैनन् । राजनितिक दल तथा पार्टीका नेता कार्यकर्ता अहिले होम क्वारेन्टाइनमा ‘लुकेर’ बस्दा दुखेका मनमा मल्हम लगाउन कोही पनि नेता कार्यकर्ता निस्केका छैनन् । नागरिकहरु भने ‘कोरोनाबाट जोगिएछौँ भने मूल्याङ्कन गरौँला’ भनि चित्त बुझाएर बसेका छन् । यसरी अन्य दलले जनताको दुखमा साथसहयोग नगरिरहेको बेला नेपाली काँग्रेसले जनताको दुखमा पनि साथमा रहेको प्रमाणित गरेको छ । सुखदुखमा काँग्रेस, संकटमा काँग्रेस, मनमनमा काँग्रेस भन्ने आफ्नै आदर्श वाक्यलाई शिरोधार्य गर्दै कोभिड रोकथाम तथा नियन्त्रण कार्यमा केन्द्र देखि स्थानीय तहसम्म सघाउ पु¥याइरहेको छ । यसैबीच नेपाली काँगेस शैलुङ गाउँपालिका वडा कार्यसमितिले कोरोना संक्रमण न्युनिकरणमा सहयोग पु¥याउने उद्धेश्यका साथ आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक लगायतका विभिन्न निकायहरुबाट प्राप्त स्वास्थ्य सामग्री कोरोना रोकथाम, नियन्त्रण, जोखिम न्यूनिकरण एवं व्यवस्थापन स्थानीय समिति शैलुङ ५ काटाकुटीलाई हस्तान्तरण गरेको हो । यसअघि कोभिडको सन्दर्भमा सकेको सहयोग गर्न वडा समितिले सबैलाई अनूरोध गरेको थियो । त्यसपछि नेता तथा कार्यकर्ताबाट उपलब्ध भएको सामग्री हस्तान्तरण गरिएको सभापति खड्ग बहादुर राउतले जानकारी दिए । उनले भने ‘कोभिड भाइरसले निम्त्याएको संकटको बेला काँग्रेसले सक्दो जनचेतनाको कार्य गरिनै रहेको छ । जिम्मेवारीबोध भएका हामीले स्वास्थ्य सामग्री वितरण गरेका हौँ । यसले केही भएपनि राहत मिल्नेमा हामी विश्वस्त छाँै ।’ वडा कांग्रेसले अहिले अपरिहार्य मानिएको मास्क २ हजार ८ सय ५० थान, पिपिइ ४४ सेट, अक्सिजन कन्सट्रेटर १ सेट, अक्सिजन सिलिन्डर १ थान, अक्सिमिटर ९ थान, स्यानीटाइजर ५ लिटर हस्तान्तरण गरेको छ । फेस सिल्ड ५० थान, थर्ममिटर १० थान, थर्मल गन १ थान, सर्जिकल पञ्जा २ प्याकेट, भिटामिन सि र डी २ बाक्सा र औषधी २ बाक्सा कोरोना नियन्त्रण, जोखिम न्यूनिकरण एवं व्यवस्थापन स्थानीय समन्वय समितिलाई हस्तान्तरण गरिएको छ ।े सुखदुखमा कांग्रेस जनताको साथमा रहेको बताउँदै सभापति राउतले महामारीको बेला जनता र सरकारलाइ सघाउन आफूहरु सक्रिय भएको बताए । जनस्वास्थ्यमा भन्दा सत्ता प्यारो ठानिरहेको निकम्मा सरकारले जनताका लागि खोप ल्याउन नसकेको आरोप लगाउदैँ वडा काँग्रेसले कोरोनाबाट बच्नका लागि सबै नागरिक सचेत रहन सन्देश दिएको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेस काटाकुटीद्धारा स्वास्थ्य सामग्री सहयोग"

Leave a comment

Your email address will not be published.


*