नेपालीको औषत आयु ७१ दशमलब ३ बर्ष

चरिकोट(दीस) ः नेपालीको औषत आयु ७१ दशमलब तीन वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आइतवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको आयु ७१ दशमलब तीन वर्ष पुगेको हो ।
१० वर्ष अघिको तुलनामा हाल नेपालको आर्थिक, समाजिक, शैक्षिक, स्वास्थलगायत अधिकाँस सूचक सन्तोषजनक रहेकोले औषत आयु बढेको कार्यालयको भनाई रहेको छ । नेपालको वार्षिक जनसंख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ । तथ्याङ्क कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलव २५ जनसंख्या बृद्धिदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ ।

Shares

Be the first to comment on "नेपालीको औषत आयु ७१ दशमलब ३ बर्ष"

Leave a comment

Your email address will not be published.


*