नेपाललाई १ सय ९८ लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो । ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । यस्तै अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।

Shares

Be the first to comment on "नेपाललाई १ सय ९८ लक्ष्य"

Leave a comment

Your email address will not be published.


*