नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्छः कालिबाबा

चरिकोट (दीस) ः प्रसिद्ध हिन्दु धर्मगुरु ‘काली बाबा’ ले नेपाल हिन्दु राष्ट्र कायम हुनु पर्ने बताउनु भएको छ । शनिबार दोलखामा रहेको भीमेश्वर मन्दिरमा दर्शन र क्षमापूजा गर्न दोलखा आइपुग्नु भएको उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिनु हुदै सो धारणा राख्नु भएको हो । भीमेश्वरको शिलामा पटक–पटक पसिना आउँदा अनिष्ट हुने आशंका भइरहेकोले आफू क्षमापूजा गर्न दोलखामा आएको बताउनु भयो । बाबाले भीमेश्वरको शिलामा पसिना आउँदा अनादी कालदेखि नै अनिष्ट हुने मान्यता रहेको तथा वर्तमानमा घटिरहेका घटना क्रमहरुले पनि यस्तै देखाएकोले “नेपालीहरुलाई सुख, शान्ति अनि सम्बृद्धी होस”भन्ने चाहाना राखेको बताउनु भयो । अनादी काल देखि हिन्दु राष्ट्र रहेको नेपाललाई हिन्दु राष्ट्र बनेको आफूले हेर्न चाहेको भन्दै बाबाले आफू अर्को पटक आउँदा नेपाल हिन्दु राष्ट्र भएको हेर्न पाउँ भन्ने ईच्छा ब्यक्त गर्नु भएको थियो । अहिले नेपालमा विपद् बढेको भन्दै भीमेश्वरसँग त्यस्ता विपद् नहोस भनेर आफुले कामना गरेको उहाँको धारणा रहेको थियो । नेपाल पशुपतिनाथ र शान्तिका दूत गौतम बुद्धको देश भएको भन्दै उहाँले ८८ हजार ऋषिले तप गरेको भगवान सीता माताको पवित्र भूमी रहेको बताउनु भयो । नेपालमा शान्ति, समृद्धि कायम भई भोकमरी, अत्याचार र भ्रष्टाचारको अन्त्य गर्नु पर्ने उहाँको भनाई रहेको छ । कालि बाबा मनाङ एयरको हेलिकप्टर मार्फत दोलखा आउनु भएको थियो  । उहाँ दिउँसो २ बजेर ४६ मिनेटमा दोलखा आउनु भएको थियो । उहाँले भीमेश्वर मन्दिरमा १ घण्टा पुजा गर्नु भएको थियो । भीमेश्वर मन्दिरमा उहाँलाई दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, दोलखाका प्रहरी प्रमुख युवराज खड्का, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठसहित गुठीका पदाधिकारीहरु तथा स्थानीयहरुले भब्य स्वागत गर्नु भएको थियो । उहाँलाई दोलखामा बाजागाजा सहित स्वागत गरिएको थियो । कालिबाबासंग भारतिय जगतगुुरु, सन्तमहात्माहरु, बिशिष्ठ धार्मिक व्यक्तित्वहरु र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा समेत दोलखा आउनुु भएको थियो । हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) नेपाल तथा भारतमा चर्चित गुरुको रुपमा चिनिने गरिन्छ । उहाँ पशुपतिमा भईरहेको कोटीहोममा प्रवचन दिन नेपाल आउनु भएको थियो । जानकारहरुका अनुसार उहाँ भारतमा बसेर हिन्दु धर्मको प्रवचन दिदँै आउनु भएको छ ।

Loading

Shares

Be the first to comment on "नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्छः कालिबाबा"

Leave a comment

Your email address will not be published.


*