नेपालमा पनि फैलियो ओमिक्रोन, थप २४ जनामा पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।  योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ । पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो ।  सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो । एस जिन नेगेटिभ देखिएकाहरुमध्ये २४ वटामा भने ओमिक्रोन पुष्टि भएको मन्त्रालयको जनाएको छ ।

Shares

Be the first to comment on "नेपालमा पनि फैलियो ओमिक्रोन, थप २४ जनामा पुष्टि"

Leave a comment

Your email address will not be published.


*