नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । नेपालमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ । अहिलेसम्म कुल एक लाख ६७६ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय ८० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ७३ हजार २३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२.५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार २७९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ११ लाख ४५ हजार २४५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १५ हजार ८७७ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७५ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३१८ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज १४ सय ९ संक्रमित थपिए 

काठमाडौँ काठमाडौँ उपत्यकामा आज १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित भेटिएका छन् ।

सम्बन्धित समाचार

Shares

Be the first to comment on "नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो"

Leave a comment

Your email address will not be published.


*