नेपालमा कोरोनाबाट २४ घण्टामा १६८ जनाको मृत्यु, ९३०५ जना संक्रमित

काठमाडौँ । नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९३०५ जना संक्रमित थपिएको जानकारी दिएको हो । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १ हजार ६३४ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७४.९ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० हजार ३६२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २६ लाख ९३ हजार ८८ पुगेको छ ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार २९१ जना रहेका छन् भने होम आइसोलेसनमा ९४ हजार ३४३ रहेका छन् । त्यस्तै अहिले नेपालमा १२४१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२५२ रहेको छ ।यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.९९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा कोरोनाबाट २४ घण्टामा १६८ जनाको मृत्यु, ९३०५ जना संक्रमित"

Leave a comment

Your email address will not be published.


*