नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, कुल मृतकको संख्या ५६३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा काठमाडौँका २ जना ५९ र ६० बर्षका महिला छन् भने ललितपुरकी ६७ बर्षकी महिला र नवलपरासी पूर्वकी ७७ बर्षिय महिला रहेका छन् । त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका दुई जना ६१ र ७७ बर्षिय पुरुष, तेर्हथुमका ३१ बर्षिय, सुनसरीका ६४ बर्षिय र चितवन ७० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, कुल मृतकको संख्या ५६३ पुग्यो"

Leave a comment

Your email address will not be published.


*