नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७  जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा काठमाडौँका २ महिला ३४ र ८६ बर्षिय महिला रहेकी छन् । त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ५४ बर्षिय, सुनसरीका ६० बर्षिय, मोरङका ६० बर्षिय, सप्तरीका ३९ बर्षिय र रुपन्देहीका ८२ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*