नेपालमा कोरोनाबाट थप १४५ जनाको मृत्यु, ७३६८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा थप ७३६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७३६८ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७४.६ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ७०१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १९ हजार ५३९ पिसिआर परिक्षण भएको छ ।  नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ८०८ जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख २ हजार ४५५ रहेका छन् । त्यस्तै अहिले नेपालमा १३१३ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५००१ पुगेको छ ।यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा कोरोनाबाट थप १४५ जनाको मृत्यु, ७३६८ जनामा कोरोना पुष्टि"

Leave a comment

Your email address will not be published.


*