नेपालमा कोरोनाबाट तीन बर्षिय बालकसहित थप १९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १४ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा पर्साकी ६५ बर्षिय, काठमाडौँक तीन जना ७६, ८१ र ८३ बर्षिय तथा गोरखाकी ४५ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ६ जना २६, ६५, ६७, ७८, ८१ र ९१ बर्षिय पुरुष छन् भने ललितपुरका तीन जनामा ३ बर्षिय बालकसहित ५५ बर्षिय र ७१ बर्षिय पुरुष रहेका छन् ।

त्यस्तै सुनसरीका ५५ बर्षिय, सर्लाहीका २ जना ४२ र ६९ बर्षिय तथा नवलपरासी पूर्वका ३६ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा कोरोनाबाट तीन बर्षिय बालकसहित थप १९ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*