नेपालमा कोरोनाबाट एकैदिन १२ जनाको मृत्यु, ३४४२ संक्रमित

काठमाडौँ । नेपालमा थप ३४४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३४४२ जना संक्रमित थपिएको जानकारी दिएको हो । यस्तै स्वास्थ्य मन्त्रालयले ११४ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ । अहिलेसम्म कुल ३ लाख ३ हजार ५६१ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१.५ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४०० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २४ लाख १७ हजार ४१७ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ६५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २२ हजार ४३४ जना रहेका छन् । त्यस्तै अहिले नेपालमा २६८ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७६ रहेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा नेपालमा कुन उमेर समुहमा कति संक्रमित ?

पछिल्लो २४ घण्टामा नेपालमा १९ बर्ष मुनिका ३३६ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ बर्ष मुनिका ६३ जना र १० देखि १९ बर्षसम्मका २७३ गरि १९ बर्षमुनिका कुल ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ३४० जनालाई कोरोना पुष्टि भएको थियो । त्यस्तै शनिबार १९ बर्ष मुनिका २४० जना संक्रमित भएका थिए भने शुक्रबार १९ बर्षमुनिका २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा २० देखि २९ बर्ष उमेर समुहका ८६३ जना संक्रमित भएका छन् भने ३० देखि ३९ बर्षका ८५० जना र ४० देखि ४९ बर्ष उमेर समुहका ६०७ जना संक्रमित भएका छन् । त्यस्तै ५० देखि ५९ बर्षसम्मका ४०५ जना, ६० देखि ६९ बर्षसम्मका २१६ जना, ७० देखि ७९ बर्षसम्मका १०१ जना, ८० देखि ८९ बर्षसम्मका ३२ जना, ९० देखि १०० बर्षसम्मका ५ जना र उमेर नखुलेका २७ जना रहेका छन् ।

२४ घण्टामा काठमाडौँ उपत्यकामा १९१२ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण चिन्ताजनक रुपमा बढिरहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १५६७ जना, भक्तपुरमा १२२ जना र ललितपुरमा २२३ जना कोरोनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा देशभर संक्रमण पुष्टि भएका मध्ये करिब ५५.५ प्रतिशत संक्रमित काठमाडौँ उपत्यकाकै रहेका छन् ।  यसअघि काठमाडौँ उपत्यकामा आइतबार १४९८, शनिबार ८७२ जना, शुक्रबार ९४० जना संक्रमित भएका थिए ।

Shares

Be the first to comment on "नेपालमा कोरोनाबाट एकैदिन १२ जनाको मृत्यु, ३४४२ संक्रमित"

Leave a comment

Your email address will not be published.


*