नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, २४८६ संक्रमित

काठमाडौँ । नेपालमा थप २४८६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २४८६ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयले १३३ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ९७ हजार ८७ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ८२८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३६८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७७ हजार १२३ जना संक्रमण मुक्त भएका छन् ।नेपालमा कोरोना निको हुने प्रतिशत ९३.३ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५२५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २३ लाख ९५ हजार ७२५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ७१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १६ हजार ८२८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, २४८६ संक्रमित"

Leave a comment

Your email address will not be published.


*