नेपालमा एकै दिन ९०२३ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ९०२३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९०२३ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयले १७३ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ । अहिलेसम्म कुल ३ लाख ७७ हजार ६०३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ  त्यस्तै पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ९५ हजार ३९५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७८.२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २५ लाख ९८ हजार ४०५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ३८० जना रहेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ५ हजार ८६० जना रहेका छन् भने होम आइसोलेसनमा ७२ हजार ७६९ रहेका छन् । त्यस्तै अहिले नेपालमा ७२८ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट ५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५७९ रहेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.९५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा एकै दिन ९०२३ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*