नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ५ हजार ८ जना संक्रमित थपिएको जानकारी दिएका छन् । यो संख्या नेपालमा एकै दिन संक्रमित भएका अहिलेसम्मकै ठुलो संख्या हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ । अहिलेसम्म कुल एक लाख ५ हजार ६८४ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय २९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ७४ हजार २५२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७० रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ११ लाख ६४ हजार २५५७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १७ हजार १६४ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३२१ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज २६ सय ७२ संक्रमित थपिए 

काठमाडौँ उपत्यकामा आज २६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २१ सय, ललितपुरमा २३० र भक्तपुरमा ३६९ जना संक्रमित भेटिएका छन् ।

 

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र १२ जना पुरुष रहेका छन् ।

त्यस्तै मृत्यु हुने महिलामा काठमाडौँकी ६८ बर्षिय र धादिङकी ३१ बर्षिय महिला रहेकी छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा मोरङका २ जना २० र ७२ बर्षका, काठमाडौँका ४८ र ९० बर्षका, ललितपुरका ४३ र ४९ बर्षका रहेका छन् ।

त्यस्तै सुनसरीका ४५ बर्षका, सर्लाहीका ७१ बर्षका, मकवानपुरका ७७ बर्षका, नवलपरासी पूर्वका ३६ बर्षका र रुपन्देहीका ५७ बर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि"

Leave a comment

Your email address will not be published.


*